नेपाली टाइपिङ टेस्ट: Preeti र Unicode (Loksewa Typing Test)

लोक सेवा आयोगको कम्प्युटर सीप परीक्षणजस्तै ५ मिनेटको टाइपिङ अभ्यास गर्नुहोस्; आयोगको अङ्क तालिकाअनुसार अङ्क पनि हेर्नुहोस्।

५:००

लोक सेवा आयोगको कम्प्युटर सीप परीक्षण

खरिदार र नायब सुब्बाको आधिकारिक पाठ्यक्रमअनुसार अन्तिम चरणको कम्प्युटर सीप परीक्षण १० अङ्क र १५ मिनेटको हुन्छ: देवनागरी टाइपिङ (१५० शब्दको पाठ, ५ मिनेट, २.५ अङ्क), अंग्रेजी टाइपिङ (२०० शब्दको पाठ, ५ मिनेट, २.५ अङ्क) र Windows/Word को काम (५ अङ्क, ५ मिनेट)। (खरिदार पाठ्यक्रम, लोक सेवा आयोग)

अङ्क तालिका (शुद्ध शब्द प्रति मिनेट)

अङ्कदेवनागरीअंग्रेजी
०५ भन्दा कम६ भन्दा कम
०.५०५ – ७.५६ – ९
०.७५७.५ – १०९ – १२
१.००१० – १२.५१२ – १५
१.२५१२.५ – १५१५ – १८
१.५०१५ – १७.५१८ – २१
१.७५१७.५ – २०२१ – २४
२.००२० – २२.५२४ – २७
२.२५२२.५ – २५२७ – ३०
२.५०२५ वा बढी३० वा बढी

सूत्र: शुद्ध शब्द प्रति मिनेट = (जम्मा टाइप गरिएका शब्द − गलत शब्द) ÷ ५। तालिकाको "क – ख" भनेको क वा बढी तर ख भन्दा कम। कम्प्युटर र अन्तर्वार्ताको पूरा तयारीका लागि Computer Skill Test र Typing कोर्स हेर्नुहोस्।

धेरै सोधिने प्रश्न

लोकसेवाको टाइपिङ परीक्षा कस्तो हुन्छ?

खरिदार र नायब सुब्बाको पाठ्यक्रमअनुसार कम्प्युटर सीप परीक्षण १० अङ्कको प्रयोगात्मक हुन्छ: देवनागरी टाइपिङ (१५० शब्द, ५ मिनेट, २.५ अङ्क), अंग्रेजी टाइपिङ (२०० शब्द, ५ मिनेट, २.५ अङ्क) र Windows/Word (५ अङ्क, ५ मिनेट)।

शुद्ध शब्द प्रति मिनेट कसरी निकालिन्छ?

(जम्मा टाइप गरिएका शब्द − गलत शब्द) ÷ ५। तोकिएको स्थानमा विराम चिह्न नभए त्यो शब्द गनिँदैन।

Preeti मोड कसरी चल्छ?

Preeti मोडमा तपाईंले अंग्रेजी किबोर्डबाट Preeti लेआउटमा थिच्नुहुन्छ; टुलले त्यसलाई युनिकोड नेपालीमा देखाउँछ र त्यसैसँग भिडाउँछ।

Dipa App मा पढ्नुहोस्

कोर्स किन्ने, Live Class हेर्ने र दैनिक अभ्यास गर्ने काम एपबाट हुन्छ। भुक्तानी एपभित्रै eSewa बाट गर्न सकिन्छ।

अरू टुल: मिति रूपान्तरण · उमेर गणना · फोटो रिसाइजर · टाइपिङ टेस्ट · नेगेटिभ मार्किङ · Preeti → युनिकोड · नेपाली युनिकोड · काउन्टडाउन · अक्षरमा रकम