लोकसेवा फोटो र हस्ताक्षर रिसाइजर (Photo & Signature Resizer)
अनलाइन दरखास्तका लागि फोटो र हस्ताक्षरलाई चाहिएको पिक्सेल र KB मा मिलाउनुहोस्। सबै काम तपाईंकै ब्राउजरमा हुन्छ; फोटो कहीँ अपलोड हुँदैन।
प्रयोग गर्ने तरिका
- फोन वा कम्प्युटरबाट फोटो वा हस्ताक्षरको तस्बिर छान्नुहोस्।
- अनलाइन दरखास्त फारमको अपलोड पेजमा लेखिएको चौडाइ, उचाइ र अधिकतम KB राख्नुहोस्।
- "मिलाउनुहोस्" थिचेर तयार JPG डाउनलोड गर्नुहोस्।
यहाँका ३००×३५० र ३००×८० सेटिङ सामान्य प्रयोगका हुन्, आधिकारिक होइनन्। अपलोड पेजले फरक साइज माग्यो भने त्यही साइज राख्नुहोस्। फोटो सेतो वा हल्का पृष्ठभूमिमा, अनुहार स्पष्ट देखिने हुनुपर्छ।
फोटो र हस्ताक्षर तपाईंकै ब्राउजरमा बदलिन्छ; सर्भरमा पठाइँदैन। दरखास्तको उमेर हद जाँच्न उमेर गणना टुल प्रयोग गर्नुहोस्।
धेरै सोधिने प्रश्न
फोटोको आधिकारिक साइज कति हो?
अनलाइन दरखास्त फारमको अपलोड पेजमा देखाइएको साइज र KB सीमा नै आधिकारिक हो। यहाँका सेटिङ सामान्य प्रयोगका लागि हुन्; फारमले फरक माग्यो भने त्यही अङ्क राख्नुहोस्।
मेरो फोटो सुरक्षित रहन्छ?
रहन्छ। फोटो तपाईंको फोन वा कम्प्युटरभित्रै बदलिन्छ; यो वेबसाइटको सर्भरमा जाँदैन।
Dipa App मा पढ्नुहोस्
कोर्स किन्ने, Live Class हेर्ने र दैनिक अभ्यास गर्ने काम एपबाट हुन्छ। भुक्तानी एपभित्रै eSewa बाट गर्न सकिन्छ।
अरू टुल: मिति रूपान्तरण · उमेर गणना · फोटो रिसाइजर · टाइपिङ टेस्ट · नेगेटिभ मार्किङ · Preeti → युनिकोड · नेपाली युनिकोड · काउन्टडाउन · अक्षरमा रकम