गोपनीयता नीति (Privacy Policy)
यो नीति Dipa Academy Private Limited को वेबसाइटमा लागू हुन्छ। Dipa App भित्रको खाता र भुक्तानी एपको आफ्नै नीतिअनुसार चल्छ।
हामी के जानकारी लिन्छौँ
- फोन गर्न अनुरोध फारम: तपाईंले लेखेको नाम, फोन नम्बर, र कुन कोर्सबारे सोध्नुभयो। यो भर्ना सहयोगका लागि मात्र प्रयोग हुन्छ।
- प्राविधिक लग: सर्भरले पृष्ठ खुल्दा IP ठेगाना र ब्राउजरको जानकारी केही समय राख्छ, सुरक्षा र त्रुटि सुधारका लागि।
- तपाईंको रोजाइ: उज्यालो/अँध्यारो मोड तपाईंकै ब्राउजरमा मात्र बस्छ।
हामी के गर्दैनौँ
- तपाईंको जानकारी बेच्दैनौँ।
- टुल्स (फोटो रिसाइजर, उमेर गणना, टाइपिङ टेस्ट) ले तपाईंको फोटो वा डाटा सर्भरमा पठाउँदैनन्; सबै काम तपाईंकै ब्राउजरमा हुन्छ।
सम्पर्क र हटाउने अनुरोध
आफ्नो जानकारी हेर्न वा हटाउन support@dipaacademy.com मा लेख्नुहोस्।
In English
We collect only what you type into the callback form (name, phone, course of interest) to help you enrol, plus standard server logs for security. We do not sell personal data. Our browser tools process files and data on your device; nothing is uploaded. To see or delete your data, email support@dipaacademy.com.